सिन्धुलीमा सहकारी संघ मर्जर अभियनको सुभारम्भ

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : सिन्धुली जिल्लावाट सहकारी संघ मर्जर अभियानको सुभारम्भ भएको छ । कमलामाई नगरपालिका–६ सिन्धुलीमा संचालमा रहेका तीनवटा जिल्ला स्तरका सहकारी संघहरु एक आपसमा मर्जर भएका छन् ।

जिल्ला उपभोक्ता सहकारी संघ लि. सिन्धुली, जिल्ला वहुउद्धेश्य सहकारी संघ लि. सिन्धुली र जिल्ला सहकारी संघ लि. सिन्धुली एक आपसमा एकिकरण भई अव जिल्ला सहकारी संघ लि. सिन्धुलीको नामवाट संचालन हुने भएको हो । यससँगै जिल्लामा ८ वटा जिल्ला सहकारी संघहरु रहेकोमा अव ६ वटामा सिमित भएको छ ।

जिल्ला सहकारी संघ सिन्धुलीको २०७८ भाद्र ९ गते २८ औं स्थापना दिवसका अवसरमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौडाका रजिष्टार विक्रम प्रसाद पाण्डेयले एकिकरण प्रकृया पुरा गरि एकिकृत प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

प्रमाण पत्र हस्तान्तरण गर्दै रजिष्टार पाण्डेले संख्यात्मक रुपमा जिल्ला संघहरु बन्नु भन्दा पनि गुणात्मक जिल्ला संघ वनाउन सिन्धुली जिल्लाको सहकारी अभियानले खेलेको भुमिकालाई स्वागत गर्दै वुधवार साँझ सम्म कार्यालयको सेवा प्रवाह गरि सिन्धुलीको मर्जर अभियानलाई पूर्णता दिनुभएको हो ।

कोभिडको लहरका बीच स्थापना दिवसलाई जमघट रहित बनाई विधागत संघहरुलाई एकाकार वनाउँदा साँँच्चै दिवसले सार्थकता पाउने भएकाले अन्य कार्यक्रमलाई स्थगित गरि सोहि दिन एकिकृत हुने साइत जुराईएको जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव नवराज कोइरालाले बताउनुभयो ।

एकिकरण त्याग वाट प्राप्त हुने भएकाले सहकारी अभियानको वृद्धि विकासका लागि “गर कि मर” को शिद्धान्त अग्रजहरुले नै अवलम्वन गर्न नसके अभियानले गति नलिने भएकाले जिल्ला संघहरु वाटै मर्जरको अभियान सूरुवात गरि प्रारभिक संस्थाहरु माझ यो कार्यक्रम लैजान लागिएको एकिकृत वहुउद्धेश्य सहकारी संघका नि.अध्यक्ष खडानन्द तिमल्सिनाले बताउनुभयो ।

यस्तै, राष्ट्रिय स्तरमै निति निर्माताहरु नै ऐन तथा निति नियमावलीको परिपालन नभएको, दोहोरो संचालक, एकल नेतृत्वको निरन्तर हावी जस्ता विषयहरुले अभियान शुद्धिकरण हुन नसकेको अवस्थामा अभियन्ताहरुले आफैवाट त्यागको सुरुवात गर्नु पर्ने जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण राज के.सी.ले बताउनुभयो ।

सिन्धुली जिल्लामा ५११ वटा प्रारम्भीक संस्थाहरु को अविभावकत्व वहन गर्दै एकिकृत जिल्ला सहकारी संघमा १७७ वटा सहकारी संघ , संस्थाहरु आवद्धता गराई रु. ५,१२,००० शेयर पुजी, रु. १,९६,२७,५०० वचत सहित रु. २,०२,२२,८२६।८५ वित्तिय वासलात भएको छ ।

जिल्ला सहकारी संघले पूर्ण व्यवसायीक कारोवार सहित सुविधा सम्पन्न कार्यालय तथा तालिम हल सहित व्यवस्थापन गर्दै २०७८ असोज १ गते वाट कार्यालय समुद्घाटन गरि नियमित सेवा प्रदान गर्न लागी रहेको छ ।

प्रतिकृया दिनुहोस्: