सिन्धुलीमा सहकारी बाल क्लब गठन

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : राष्ट्रिय सहकारी बैंक लिमिटेड सिन्धुली शाखाले सहकारी बाल क्लब गठन गरेको छ ।

जिल्लाको गौमती नमुना माध्यामिक विद्यालयमा आईतबार कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको भेलाले निराजन थापाको अध्यक्ष्यतामा १३ सदस्यीय कार्यसमिति रहेको बाल क्लब गठन गरेको हो ।

तिन खम्बे अर्थनितिको एक प्रमुख खम्बा सहकारी क्षेत्र पनि भएकाले विद्यार्थीहरुलाई विद्यालय तह देखि नै सहकारी शिक्षा तथा वित्तीय साक्षरताको ज्ञान प्रदान गर्दै सहकारीको माध्याबाट दिगो विकास हासिल गर्न सकिने विषयमा कार्यक्रममा उपस्थित विद्यार्थीहरु बिच छलफल भएको थियो ।

बैंकको वार्षिक लक्ष्य अनुसार नै सम्पूर्ण शाखा कार्यालयहरुमा सहकारी बाल क्लब गठन गर्ने लक्ष्य अनुसार नै सहकारी बाल क्लब गठन भएको शाखा प्रमुख श्रवण कुमार नेवा खड्गीले बताउनुभयो । बालबालिकाहरुलाई सहकारीमा आवद्ध गराई सहकार्यको अभ्यास गराउने, बचत गर्ने बानिको बिकास गराउने, नेतृत्व क्षमताको विकास गराउने, वित्तीय साक्षरता मार्फत वित्तिय व्यवस्थापन गराउन क्लब गठन गरिएको बताईएको छ ।

क्लबको संरक्षकको रुपमा विद्यालयका प्रध्यानध्यपक गणेश बहादुर थापा रहनुभएको छ, भने संरक्षक संस्थाको रुपमा सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । कार्यक्रममा विद्यालयका ५० जना बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्: