सिन्धुलीमा राष्ट्रिय बाल दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : राष्ट्रिय सहकारी बैंक लिमिटेड सिन्धुली शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको गौमती नमुना माध्यामिक विद्यालयमा गठित सहकारी बाल क्लबमा आबद्ध कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तिन खम्बे अर्थ नितिको एक प्रमुख खम्बा सहकारी क्षेत्र पनि भएकाले विद्यार्थीहरुलाई विद्यालय तह देखि नै सहकारी शिक्षा तथा वित्तिय साक्षरताको ज्ञान प्रदान गर्दै सहकारीको माध्याबाट दिगो विकास हासिल गर्न सकिने विषयमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रमुख श्रवण कुमार नेवा खड्गीले वित्तीय साक्षरता सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बालबालिकाहरुलाई बचत गर्ने बानिको विकास गराउदै भविष्यमा आइपर्ने विभिन्न समस्या तथा जोखिमहरुमा बचत गर्नाले हुने फाइदा तथा वित्तीय स्रोत व्यवस्थापनको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा बौल्दै प्रमुख अतिथि बालकुमारी श्रेष्ठले बालबालिकाहरुलाई सहकारीमा आवद्ध गराई सहकार्यको अभ्यास गराउने, बचत गर्ने बानिको विकास गराउने, नेतृत्व क्षमताको विकास गराउन क्लबले भुमिका खेल्ने बताउनु भयो ।

सहकारी बाल क्लबका अध्यक्ष निराजन थापाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी माहासंघका लेखा सुपरिवेक्षण समितिका सदस्य तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा समन्वय उप–समिति संयोजक बाल कुमारी श्रेष्ठको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ, सिन्धुलीका अध्यक्ष कृष्णराज के.सीको विशिष्ठ आतिथ्यता, गौमती नमुना माविका प्रधानाध्यापक तथा बाल क्लबका संरक्षक गणेश बहादुर थापा, बाल क्लबका संरक्षक संस्थाका प्रबन्धक गिरिजाबाबु श्रेष्ठ, म्यानेजर्स क्लब सिन्धुलीका अध्यक्ष दिपेन्द्र ध्वज बस्नेतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका करिब ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्: