जिल्ला सहकारी संघ सिन्धुली मर्जर र साधारण सभा नेपालकै पहिलो : अध्यक्ष कँडेल

संयोजन संबाददाता
प्रकाशित मिति :
जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं वार्षिक साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेल ।

सिन्धुली : राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलले जिल्ला सहकारी संघ सिन्धुलीले आ.व. २०७७/७८ को वार्षिक साधारण सभा असोज १ मै सम्पन गरि यस वर्षको पहिलो साधारण सभा गर्ने संघ भएको र जिल्ला संघ संग दुई विषयगत संघ मर्जर भएको पनि नेपालमै पहिलो भएको वताएका छन् ।

जिल्ला सहकारी संघको २८ औ वार्षिक साधारणसभा तथा कार्यालाय समुद्घाटन समारोहमा वोल्दै अध्यक्ष कँडेलले नेपालको सहकारी अभियानको लागी अनुकरणीय कार्य सिन्धुली जिल्ला सहकारी संघले गरेकोमा हार्दिक वधाई दिएका छन् । जिल्ला सहकारी संघ तथा वचत तथा ऋण सहकारी को संयूक्त कार्यालय भव्यताका साथ संचालनमा आउनु तथा हरेक वार्षिक साधारण सभा संघको स्थापना दिवस भाद्र ९ गते सम्पन गर्ने संस्कारको थालनी गर्नु पनि नविनतम कार्य रहेको वताएका छन् ।

जिल्ला सहकारी संघ सिन्धुलीको कार्यालाय समुद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथी मिनराज कँडेल ।

२८ औ वार्षिक साधारण सभामाको अवसरमा प्रस्तुत प्रतिवेदनमा जिल्ला सहकारी संघको आर्थिक बर्ष ७७/७८ को २ करोड १ लाख ९२९ बराबरको वासलात रहेको र संचालन नाफा ७२ हजार ४९९ भएको सार्बजनिक गरिएको थियो । कार्यक्रमको अवसरमा जिल्ला सहकारी संघले आर्थिक बर्ष ७७/७८ मा संघका सेयर लगानी कर्ता सदस्य संघ संस्थाहरुलाई १० प्रतिशतका दरले शेयर लाभाम्स दिने निर्णय गरेको छ ।

२८ औं साधारण सभाको अवसरमा जिल्ला सहकारी संघले सिन्धुलीमा क्रियाशिल सहकारी संस्थाहरु मध्यबाट प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लि. दुधौली ८ लाई आर्थिक बर्ष ७७/७८ को उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरेको छ ।

उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान लिदै दुधौलीको प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लि.।

त्यस्तै सिन्धुली एकता बचत तथा ऋण सहकारीका प्रबन्धक दिपेन्द्र ध्वज बस्नेत र लालिगूरास उपभोक्ता सहकारीका संस्थाका ब्यवस्थापक संजिता चौधरीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । दुग्ध उत्पादन सहकारी संघका निबर्तमान अध्यक्ष एवम् सहकारी अभियान्ता बिष्णु प्रसाद देवकोटालाई उत्कृष्ट संचालकको रुपमा सम्मान गरेको छ ।

कार्यक्रमको अवसरमा जिल्ला सहकारी संघका संस्थापक अध्यक्ष गणेश बराललाई समेत सम्मान गरिएको थियो । जिल्ला सहकारी संघ सिन्धुलीमा सिन्धुलीका १ सय ८८ वटा सहकारी संस्था आवद्ध रहेका छन् । जिल्लामा ५ सय १९ वटा सहकारी संघ संस्थाहरु रहेकोमा अब २ वटा एकिकरण भएपछि जिल्लामा ५ सय १७ वटा सहकारी संघ , संस्थाहरु रहेको महाँ सचिव नवराज कोइरालाको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशिष्ठ अतिथि, संचालक समिति तथा सदस्यहरु।

जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसीको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, विशिष्ठ अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका संचालक डि.वि. वस्नेत, पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष एवं वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी बैकका संचालक एवं वाग्मती प्रदेश संयोजक ज्ञान वहादुर तामाङ लगायत ले शुभकामना मन्तव्य मार्फत जिल्ला सहकारी संघले छोटो समयमा गरेको उल्लेख्य प्रगतिको लागी हार्दिक वधाई एवं अग्र गतिको लागी हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।

जिल्ला सहकारी संघका महा सचिव नवराज कोइरालाले संचालन गर्नु भएको कार्यक्रमलाई उपाध्यक्ष वाल कुमारी श्रेष्ठको स्वागत मन्तव वाट शुरु गरि उपाध्यक्ष राम वहादुर वि.क.ले धन्यवाद सहित सम्पन्न गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्: