सिद्धबाबा सहकारीको १४औं बार्षिक साधारण सभाको समुद्घाटन

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : सिद्धबाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीको १४ औं साधारणसभा आश्विन १६ गते शनिवारका दिन कमलामाई नगरपालिका- ६ स्थित आफ्नै हलमा समुद्घाटन गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सञ्चालक समिति अध्यक्ष गोकर्ण प्रसाद सुबेदीको सभापतित्व र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीको कोषाध्यक्ष कृष्ण हरि कोइरालाको प्रमुख आतिथ्यतामा उदघाटन सत्र सम्पन्न भएको थियो । संस्थाका सचिव शारदाप्रसाद पहाडीबाट संचालित सो सभामा सञ्चालक मनमाया क्षेत्री थापाले आफ्नो शब्दबाट स्वागत गर्नुभएको थियो ।

हाल ३०३ जना शेयर सदस्य रहेको यस संस्थाको साधारण सभामा आर्थिक वर्ष २०७७/२०७८ को रु. १३५,८०,९६६.२२ को वासलत, रु. १६,२५,१६७.८० आम्दानी कारोवार र रु. ६,०६,५१६.८० सन्चालन नाफाको विवरण कोषाध्यक्ष कौशिला थापाबाट प्रस्तुत भएको थियो भने संस्थाको प्रगति प्रतिबेदन अध्यक्ष गोकर्ण प्रसाद सुवेदी र बार्षिक कार्ययोजना सचिब श्री शारदाप्रसाद पहाडी र लेखा सुपरिवेक्षण समिति सदस्य राम बहादुर थापाबाट प्रतिबेदन प्रस्तुत भइ साधारण सभाद्वारा पारित भएको थियो ।

उक्त सभामा प्रमुख अतिथि कोइराला र बिशेष अतिथिको रूपमा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसी तथा कमलामाई नगरपालिका प्रतिनिधि बबिन्द्र माझीले संस्थालाई कोपोमिस सफ्टवेयर तिर अघि बढ्न र संस्थालाई अझ सुब्यबस्थित बनाउन विभिन्न सुझाव र निर्देशनहरु दिनुभएको थियो भने राष्ट्रसेवक साकोसका उपाध्यक्ष गणेश श्रेष्ठले संस्था मार्फत समाजमा सामाजिक योगदान गर्न सहयोग पुगेको बिचार राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा असल ऋणीको रूपमा सुर्य बहादुर ठोकर र असल बचत कर्ताको रूपमा धनमाया आछामी मगरलाई दोसल्ला र प्रमाण-पत्रबाट सम्मान गरिएको थियो । साधारणसभाको दोस्रो सत्रमा शेयर सदस्यहरुबाट विभिन्न रचनात्मक सुझाव प्राप्त हुनुका साथै शिक्षा उप-समिति र ऋण उप-समितिलाई पुनर्गठन समेत गरिएको छ । साधारसभाको समापन आश्विन २३ गते हुने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्: