लालीगुराँस उपभोक्ता सहकारीद्वारा १८ प्रतिशत लाभांस वितरण

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : लालिगुराँस उपभोक्ता सहकारी संस्था लि. सिन्धुलीले १८ प्रतिशत शेयर लाभांस वितरण गरेको छ । संघको १३ औँ वार्षिक साधारण सभामा नगदै नयाँ नोट दशैँको अवसर पारेर शेयर लागानीकर्ता सदस्यहरुलाई वितरण गरेको हो । सिन्धुली जिल्लामा लामो समय देखि कलरल्याव तथा छापाखान व्यवसाय गरेको संस्थाले वित्तिय कारोवारको सुरुवात गरे सगै उक्त लाभम्स वितरण गर्न सक्षम भएको हो ।

४४५ सदस्यहरु संग वित्तिय कारोवार गर्दे आएको लालिगुराँस उपभोक्ता सहकारी संस्था लि.ले आ.व. २०७७ ।७८ मा संपूर्ण खर्च कटाई ५ लाख ६६ हजार ५२३ संचालन नाफा आर्जन गरि २ करोड ९४ हजार १६३ को वासलात तयार गर्न सफल भएको छ ।

कमलामाई नगरपालिका–६, सिन्धुलीमा संचालनमा रहेको संस्थाको १३ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेसनले नवराज कोइरालाको नेतृत्वमा ७ सदसिय नयाँ संचालक समिति तथा ३ सदसिय लेखा तथा सुपरिवक्षण समिती सर्व सम्मत चयन गरेको छ । निवर्तमान अध्यक्ष किरण श्रेष्ठ पदेन संचालक, उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा वासु प्रसाद भेटवाल, कोषाध्यमा धन वहादुर कार्की, सदस्यमा देव कुमारी देवकोटा तथा सितादेवी कार्की चयन भएका हुन ।

त्यसै गरि लेखा तथा सुपरिवेक्षण समितिमा पुष्पराज श्रेष्ठ संयोजक, अनोज रोक्का क्षेत्री र काजीमान वजु सदस्यमा चयन भएका छन् । त्यसै गरि आजको सभावाटै कोषाध्यक्ष धन वहादुर कार्की संयोजक तथा चित्र वहादुर भुजेल र शुशिल देवकोटा सदस्य रहेको तिन सदसिय ऋण उप समिती तथा उपाध्यक्ष रविन श्रेष्ठ संयोजक तथा चुणामणी वराल र गणेश राउत सदस्य भएको ३ सदसिय शिक्षा उप समित पनि आजै चयन गरेको छ ।

संस्थाका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षता एवं राष्ट्रिय सहकारी महाँसघका संचालक वाल कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज के.सी., वचत तथा ऋण सहकारी संघका सचालक मोहन वहादुर श्रेष्ठ, नगर सहकारी संजालक सह संयोजक गोकर्ण सुवेदी तथा जिल्ला सहकारी संघका संचालक खडानन्द तिमल्सिनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका सचिव वासु प्रसाद भेटवालले प्रगति प्रतिवेदन तथा भावि निती कार्यक्रम सहित संचालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष धनवहादुर कार्कीले आर्थिक प्रवितवेदन तथा लेखा तथा सुपरिवेक्षण समितिका सदस्य द्धारिका काफ्लेले समिकिो तर्फवाट प्रतिवेदन पेश गर्नु भएको थियो ।

८८ जना सदस्यहरु सहित मिति २०६५ मंसिर २५ गते डीभिजन सहकारी कार्यालय धनुषामा विधिवत रुपमा दर्ता भए पछिबाट सहकार्यको प्रतिबद्धता र स्वामित्वमा स्थापना भएको संस्थाको नयाँ नेतृत्वको जिम्वेवारी लिंदै अध्यक्ष कोइरालाले अगामी दिन सदस्यहरुको अधिकतम सेवा सुविधा तथा लाभमा ध्यान दिंदै लालीगुराँस नाम जस्तै सुन्दर उदाहरणीय सहकारी संस्था निर्माणमा कटीवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्: