प्रकाशित मिति :

सिन्धु साकोसको संचालन नाफा ७१ लाख

संयोजन संबाददाता

सिन्धुली, असार ३१ : सिन्धु वचत तथा ऋण सहकारी संस्था लि. क.न.पा. ६, धुरावजार सिन्धुलीले ७१ लाख भन्दा माथि संचालन नाफा गरेको छ ।

आर्थिक वर्ष २०७६ ।०७७ को अन्तिम खातावन्दी सम्पन्न पश्चात संस्थाले उक्त विवरण सार्वजनिक गरेको हो । संस्थाले अपेक्षित लक्ष्य अनुसारको उपलव्धी लकडाउनको अवस्थामा पनि औषत ९० प्रतिशत पुरा गर्न सफल भएको छ ।

संस्थाको आर्थिक वर्ष २०७६।०७७मा शेयर रकम २९ प्रतिशतले वृद्धि, वचत रकम ४० प्रतिशतले वृद्धि, ऋण लगानीमा ९ प्रतिशतले वृद्धि गर्दै जोखिम ऋण लगानीलाई ०.३ प्रतिशत भित्रमा सिमित गर्न सफल भएको व्यहोरा व्यवस्थापकअमिर वस्नेतले सहकारी संयोजनलाई वताए ।

संस्थाले आर्थिक वर्ष २०७६ ।०७७ को असार मसान्तमा १ करोड ९१ लाख १ हजार शेयर , १४ करोड ३२ लाख ६४ हजार ७ सय ३० वचत संकलन गर्दै १३ करोड २९ लाख ६० हजार ४ सय ३८ ऋण सस्यहरुलाई लगानी गरेको छ ।

त्यसै गरि ७१ लाख १३ हजार ३ सय ४६ संचालन नाफा आर्जित गर्दै कुल कारोवार २० करोड ३८ लाख ४३ हजार १ सय ७० तय गर्न सफल भएको छ । अपेक्षीत उपलव्धी संगै संस्थाले शेयर सदस्यहरुलाई १५ सम्म प्रतिशत लाभाम्स वितरण गर्न सकिने अवस्था रहेको व्यवस्थापक वस्नेतले वताए । संस्थामा १०९४ पुरुष १२१६ महिला र २४ संस्थाहरु सहित २३३४ सदस्यहरुले कारोवार गरिरहेका छन् ।

अन्तिम खातावन्दी पछिको विवरण सार्वजनिक गर्दै संस्थाले सामाजिक सन्जाल मार्फत निरन्तरको लकडाउनको अवस्थामा पनि संस्थालाई मायागरी वित्तिय कारोवारमा सकृय भूमिका निर्वाह गर्नू हुने संपूर्ण सदस्यहरु प्रति हार्दिक धन्यवाद एवं आभार प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस्: