Paradise Web Nepal

शिद्धवावा साकोसको १३औं साधारण सभा सम्पन्न

संयोजन संबाददाता

सिन्धुली : शिद्धवावा वचत तथा ऋण सहकारी सस्था लि. कमलामाई नगरपालिका सिन्धुली को १३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

२४२ सदस्यहरु सहित कुल कारोवार १,३०,०३,३१०।०० को गरिरहेको संस्थामा १६,०७,८००।०० शेयर, ८०,५५,११७।०० वचत तथा ९९,७९,८९४।०० ऋण लगानी गरि सदस्यहरुलाई सेवा प्रदान गरिरहेको साकोसले आ.व.२०७६।७७ मा संचालन खर्च कटाई २९६,११९।०० सचालन नाफा आर्जन गर्न सफल भएको संस्थाका सचिव सारदा प्रसाद पहाडीद्धारा प्रस्तुत वित्तिय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाको प्रगति प्रतिवेदन तथा भावि निती तथा कार्यक्रम प्रस्तुत गर्दै सस्थाका सचिव सारदा पहाडीले सदस्यहरुलाई शेयर लभाम्स र संरक्षित पुजि फिर्ता कोष वाट खर्च गरि शेयर सदस्यहरुलाई १० प्रतिशतका दरले शेयर लाभाम्स वितरण गर्ने वताए ।

संस्थाले वार्षिक साधारण सभाको अवसरमा सहकारीको संचालकमा रहि उत्कृष्ठ कार्य सम्पादन गरेको भनि लेखा तथा सुपरिवेक्षण समितिका सदस्य राम वहादुर थापालार्ई दोसल्ला तथा प्रमाण पत्रद्धारा सम्मान गरको थियो ।

कमलामाई नगरपालिका सिन्धुलीका उप प्रमुख मंजु देवकोटाको प्रमुख आतित्थ्यता एवं जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष एवं राष्ट्रिय सहकारी महांसघ नेपालका लेखा समिति सदस्य वाल कुमारी श्रेष्ठको विशिष्ठ आतित्थ्यता भएको कार्यक्रममा उपभोकता सहकारी संघका अध्यक्ष नवराज कोइराला तथा कमलामाई नगरका जन प्रतिनिधी घनश्याम देवकोटाको आतित्थ्यता रहेको थियो ।

सभालाई सम्वोधन गर्दै विशिष्ठ अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बालकुमारी श्रेष्ठले सहकारी संस्था नाफा मुखि मात्र नभई सेवा मुखि हुनु पर्ने मा जोड दिंदै सहकारीको विकास, विस्तार र लागि वर्तमान सहकारी ऐन नियमावलीको आधारमा सहकारी संस्थाहरु संचालन गर्नु पर्ने र दीर्घकालीन संचालनका लागि व्यावसायीक योजना निर्माण गरि लागु गर्दै वित्तिय व्यवस्थापन र सदस्य तथा कर्मचारीहरुको समय सापेक्ष सेवा, सुविधा विस्तारका लागि सहकारी संस्थाहरु मर्जर अभियानमा जानु आति आवाश्यक भएको बताउनु भयो ।

संस्थाका अध्यक्ष गोकर्ण प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव सारदा प्रसाद पहाडीले संचालन गर्नु भएको थियो भने सहभागी सेयर सदस्य तथा अतिथिहरुलाई संस्थाकी उपाध्यक्ष सरस्वती देवकोटाले स्वागत मन्तन्य राख्नु भएको थियो ।

प्रकाशित मिति: २० मंसिर २०७७, शनिबार