Paradise Web Nepal

राष्ट्रिय सहकारी बैंकद्धारा दुई संस्था सम्मानित

संयोजन संबाददाता

सिन्धुली : राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थाहरुलाई शाखा कार्यालय सिन्धुलीमा उत्कृष्ट कारोबार र नियमित कारोबार गर्ने विधामा पुरस्कृत गरेको छ ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकको शाखा कार्यालय सिन्धुली अन्तर्गत उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने निम्न सहकारी संस्थाहरुलाई बैँकका अध्यक्ष श्री के. बि. उप्रेतीज्युको प्रमुख आतिथ्यता तथा बैंकका शाखा समन्वय उपसमितीका संयोजक एवं राष्ट्रिय सहकारी महासंघका लेखा समिती सदस्य श्री बालकुमारी श्रेष्ठज्युको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरिएको हो ।

सिन्धुली शाखावाट आ. व. २०७५/७६ मा उत्कृष्ट कारोवार गर्ने विधामा मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुली ले सम्मान तथा पुरस्कार प्राप्त गरेको छ भने नियमित कारोवार गर्ने विधामा पुरस्कार प्राप्त गर्ने सहकारी संस्थामा समय बचत तथा ऋण सहकारी संस्था लि. , सिन्धुली रहेको राष्ट्रिय सहकारी बैंक सिन्धुली शाखाका प्रवन्धक श्रवण नेवा खड्गीले सहकारी संयोजनालाई वताएका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज के.सी, बाग्मती प्रदेश सहकारी संघका संचालक कृष्णहरि कोइराला, बैंकको शाखा समन्वय उपसमितिका सदस्यज्युहरु लगायत विभिन्न विषयगत तथा प्रारम्भिक संस्थाका सहकारिकर्मीज्युहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २० मंसिर २०७७, शनिबार