Paradise Web Nepal

नमुनाको नेतृत्वमा पुन: तिमल्सिना

संयोजन संबाददाता

सिन्धुली : नमुना वहुउद्धेशीय सहकारी संस्था लिमिटेड मरिण गाउँपालीका – ६, सिन्धुलीले सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेसन शनिवार सिन्धुलीमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष खडानन्द तिमल्सिनाको अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंंघ नेपालकी लेखा तथा सुपरिवेक्षण समितिका सदस्य वाल कुमारी श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको हो ।

उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोइराला, वचत तथा ऋण सहकारी संघका सन्चालक मोहन वहादुर श्रेष्ठ, लालिगुराँस उपभोक्ता सहकारी संस्थाका अध्यक्ष किरण श्रेष्ठ, स्वर्णिम सहकारी संस्थाका संचालक लक्ष्मी श्रेष्ठ, सिन्धु वचत तथा ऋण सहकारी संस्थाका संचालक मान वहादुर वस्नेत लगायतको अतिथ्यतामा संचालित उक्त कार्यक्रम कमलामाई नगरपालिका – १ मझिनीदमारमा मसिर २७ मा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभाको अवसरमा संस्थाका कोषाध्यक्ष मोहन वहादुर श्रेष्ठले संस्थाले आ.व. २०७६।०७७ मा सम्पूर्ण खर्च कटाई रु.१९ लाख १८ हजार २ सय ८३ संचालन मुनाफा आर्जन गर्न सफल भएकाले यस वर्ष सदस्यहरुलाई १८ प्रतिशतका दरले शेयर लाभाम्स वितरण गर्ने प्रस्ताव पेश गरेका थिए ।

२०७७ असार मसान्तमा ५३ लाख १५ हजार २०० शेयर, ३ करोड ८ लाख १९ हजार ५ सय ७२ वचत संकलन गर्दै वाहिय वैक तथा वित्तिय संस्था संग ऋण सापटी समेत लिई संस्थाले ८ करोड ३६ लाख ७४ हजार ०८७ रुपैया ऋण सस्यहरुलाई लगानी गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा १९०२ शेयर सदस्यहरुलाई निरन्तर वित्तिय पहुँच दिलाई रहेको संस्थाको कुल कारोवार वासलात ८ करोड ३५ लाख ६९ हजार ५ सय १८ भएको छ ।

संस्थाको सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनको अवसरमा वाल कुमारी श्रेष्ठको संयोजकत्वमा गठीत ५ स निर्वाचन समितिले खडानन्द तिमल्सिनाको अध्यक्षतामा ९ सदसिय संचालक समिती निर्विरोध निर्वाचित गराएको छ ।

नव निर्वाचित संचालक हरुमा उपाध्यक्ष १ साइतवीर माझी, उपाध्यक्ष २ चिन ध्वज वम्जन, सचिव सिताराम पहाडी, कोषाध्यक्ष अमरेश चन्द वैदार, सह सचिव लाल काजी श्रेष्ठ, विन्दा चौलागाई, सुवासना श्रेष्ठ, प्रेमनाथ मैनाली संचालक सदस्य रहेका छन् । त्यसै गरि अशोक कुमार वस्नेत संयोजक, अग्रीम अधिकारी र राम प्रसाद दाहाल रहेको तिन सदसिय लेखा तथा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ ।

मरिण गाउँ पालिकाको ६ र ७ वडा तथा कमलामाई नगरपालीकाको १ नं वडाका १५ वटा वाख्रापालन समूह निर्माण गरि सहकारीमा रुपान्तरण गरेर जिल्ला भर कार्यक्षेत्र रहेको नमुना वहुउद्धेशीय सहकारी संस्थाको लगानी शुरक्षित रहेकाले ७ वर्षको छोटो अवधिमा सिन्धुली जिल्लामा सहकारीको क्षेत्रमा एउटा मोडल सहकारीको रुपमा पहिचान कमाउन सफल भएकाले अव ऐन नियमको परिधि भित्र रहि सहकारी शुद्धिकरण अभियानको थालनी पनि नमुना सहकारी वाटै गर्नु पर्ने प्रमुख अतिथि वाल कुमारी श्रेष्ठ वताइन ।

संस्थाका सचिव लेखनाथ चौलागाईको स्वागत मन्तव्य वाट सुचारु भएको कार्यक्रमको संचालन संस्थाका लेखा समिति संयोजक नवराज कोइरालाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार