प्रकाशित मिति :

उपत्यकामा एकदिनमा आजसम्मकै बढी संक्रमित थपिए

संयोजन संबाददाता

काठमाडौँ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित भेटिएका छन् । यो उपत्यकामा एकदिनमा भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको हो ।

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १ सय ६० पुगेको छ । भक्तपुरमा ३९ र ललितपुरमा ३९ जना संक्रमित छन् ।

उपत्यकामा पछिल्लोपटक विदेशवाट उद्दार गरेर ल्याएका मानिसहरुमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्: