प्रकाशित मिति :

एकैदिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

संयोजन संबाददाता

काठमाडौं : नोभेल कोरोना भाइरसका एक हजार १६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च एक हजार १६ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन्। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ नयाँ संक्रमित थपिएका छन्। 

जसअनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन्।

बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । 

प्रवक्ता गौतमका अुनसार पछिल्लो २४ घण्टामा देशभर ७ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्: