पूर्व बिद्यार्थीहरु ७७,७७७ सहयोग सहित सामाजिक अभियानमा जुट्दै

संयोजन संबाददाता

सिन्धुली: पूर्व विद्यार्थीहरु ७७,७७७ सहयोग सहित सामाजिक अभियानमा जुटेका छन् ।

संविधान दिवस २०७७ को शुभ अवसर पारेर ५१ जना पूर्व विद्यार्थीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रू. ७७,७७७। (सतहत्तर हजार सात सय सतहत्तर ) रकम आइसोलेसन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठ लाई चेक मार्फत वुझाएका हुन् ।

सिन्धुली जिल्लाको निक्कै पुरानो स्कुल कमला माध्यमिक विद्यालयका २०४८ सालमा एस. एल. सी. दिने विद्यार्थीहरुले उक्त रकम कोभिडको आइसोलेसन भवन निर्माणका लागि हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरुको टिम सहित सभासदहरु राजन दाहाल, प्रदिप कटुवाल, विनोद खड्का स्थानिय जन प्रतिनिधीहरु तथा राजनैतिक दलका प्रतिनिधीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

कोभिड १९ को उपचारका लागि सिन्धुली जिल्लामा वन्दै गरेको आइसोलेसन भवन निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुलीका कमला मा.वि.का पूर्व विद्यार्थी समूहले गरेको सामाजिक अभियान अनुकरणीय रहेको र यसको पाठ सवै सामाजिक क्षेत्रमा लाग्ने व्यक्तिहरुले सिक्नु पर्ने ३ नं प्रदेशका माननिय राजन दाहालले वताउनु भयो ।

३ नं प्रदेशका माननिय प्रदिप कटुवालले सामाजिक कार्यका लागि धेरै धन हैन सहयोगी मनको आवाश्यकता पर्दछ । सिन्धुलीमा कोरोनाको सक्रमितको संख्या दिनानुदीन वढी रहेको वर्तमान अवस्थामा सिन्धुली जिल्लाको क.न.पा. ६, शिवनगरमा वन्दै गरेको आईसोलेसन निर्माणका लागि कमला माध्यमिक विद्यालयका २०४८ सालमा एस. एल. सी. व्याचका साथीहरुलाई धन्यवाद दिंदै यो अभियानमा लाग्ने सवै सहयोगी मनहरु प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।

संविधान दिवस २०७७ को दिनकै शुभ अवसरमा विद्यार्थीहरुले निरन्तर सामाजिक अभियानमा जोडीनका लागि प्रति व्यक्ति न्यूनतम ५०००। का दरले श्रोत संकलन गरि अक्षयकोष निर्माण गर्ने भएका छन् ।

सहयोग हस्तान्तरण पश्चात कमला माध्यमिक विद्यालयका २०४८ सालमा एस. एल. सी. दिने उपस्थित विद्यार्थीहरुको जिल्ला समन्वय समितीको सभाहलमा वसेको भेलाले उक्त रकमको व्याजवाट हरेक वर्ष सामाजिक एवं श्रृजनशिल कार्यमा खर्च गर्ने निर्णय समेत गरेको पूर्व विद्यार्थी टिमका गणेश ढकालले वताए ।

२०४८ सालमा एस. एल.सी. दिनेमा कमला मा.वि.का १९६ जना विद्यार्थीहरुले सहभागिता रहेको थियो । हाल ति विद्यार्थिहरु निजी जीवन यात्राको क्रममा स्वदेश विदेशमा समेत छरिएर रहेको अवस्थामा यो अभियानले सवै साथिहरुलाई तिन दशक पछि फेरी पुनर मिलन गराउने र आत्मियता साट्न सहयोग पुग्ने विश्वास सवै सहभागी पूर्व विद्यार्थिहरुले व्यक्त गरेका छन ।

प्रकाशित मिति: ३ आश्विन २०७७, शनिबार