प्रकाशित मिति :

कोरोनाले एकैदिन ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण

संयोजन संबाददाता

काठमाडौं : देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला ५५ जनाको मृत्यु भएको हो।

यो एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

१६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रतिकृया दिनुहोस्: