लघुवित्तहरूको लाभांश वितरणमा नयाँ व्यवस्था

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको लाभांश वितरणमा नयाँ व्यवस्था लागू गरेकाे छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन-परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गरेकाे हाे ।

नयाँ निर्देशन अनुसार अब लघुवित्तहरूले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दामाथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस्: