राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ ।
विगतका वर्षहरुमा दसैंलाई लक्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको केन्द्रीय बैंकले यो वर्ष कोभिड १९ को प्रभाव बढ्दै गएकोले सम्भावित जोमिलाई मध्यनजन गर्दै नयाँ नोट वितरण नगर्ने जनाएको छ ।
यस्तो छ नेपाल राष्ट्र बैंकले जारी गरेको सुचना:
