‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरलाई

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : ‘द भ्वाइस अफ नेपाल सिजन ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै टीम प्रमोदबाट किरण गजमेरले उपाधि रक्षा गरेका हुन्।

यसैगरी टीम राजुबाट तारा श्रीष मगर, टीम दीपबाट आर्यन तामाङ  र टीम तृष्णाबाट ज्वाला राई फाइनलिस्ट भएका छन्।  यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन्।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए ।

विजेता बनेका किरणले ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्: