भरतमणिले जिते ‘कमेडी च्याम्पियन–२’ को उपाधि

संयोजन संबाददाता
प्रकाशित मिति :
कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल

काठमाडौं : कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो ।

फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन्। प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन्। गोरखाका सन्तोष थापा भने सेकेन्ड रनर-अपमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

प्रतिकृया दिनुहोस्: