प्रकाशित मिति :

नेपालमा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो, आज ४४८ संक्रमित थपिए

संयोजन संबाददाता

काठमाडौ: नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ५ हजार ६२ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले ४४८ संक्रमित थपिएको जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका संक्रमितमध्ये ४२४ पुरुष र २४ महिला छन् । आज अहिलेसम्मकै सर्वाधिक संख्या बढेको छ । यसअघि हिजो २ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ४ हजार ६ सय १४ पुगेको थियो ।

यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । कोरोना जित्नेको संख्या भने आठ सय ७७ पुगेको छ।

प्रतिकृया दिनुहोस्: