शोक प्रस्ताव पारित गरी बैठक २२ गतेसम्मलाई स्थगित

संयोजन संबाददाता

काठमाडौँ : नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बुधबारको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान निधन भएको थियो ।

मुटुसम्बन्धि रोगबाट पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो। बाग्लुङको तमानखोला ५ मा जन्मिएकी छन्त्याल ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा बस्दै आएकी थिइन् ।

प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी गराए ।

प्रकाशित मिति: १७ असार २०७७, बुधबार