Paradise Web Nepal

रुसमा संक्रमितको संख्या ५ लाख नजिक

संयोजन संबाददाता

रुसमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । केही दिन देखियता रुसमा कोरोना भाइरसका संक्रमितको संख्या लगभग दैनिक ८ हजार बढिरहेको छ ।

रुसमा ८ हजार ४ सय ४ जना नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या बढेर ५ लाख नजिक पुगेको छ ।

अबको २४ घण्टामा फेरी ८ हजार संक्रमित थपिए संक्रमितको संख्या ५ लाख नाघिने देखिन्छ ।

अहिलेसम्मको तथ्यांकअनुसार नयाँ संक्रमित बढेसँगै रुसमा ४ लाख ९३ हजार ६ सय ५७ पुगेको छ ।

आज मात्र २ सय १६ जनाको मृत्यु भएसँगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ हजार ३ सय ५८ पुगेको हो ।

दैनिक १ सय बढीमा मृत्यु भैरहेको रुसमा मृतकको संख्या केही दिनयताकै उच्च रहेको छ । रुसमा संक्रमितको संख्या बढिरहेको बेला २ लाख ५२ हजार ७ सय ८३ जना सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

रुस अहिले कोरोना प्रभावितको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा रहेको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार