Paradise Web Nepal

आर्थीक पहुँचमाअव छोरी बुहारी नभएसम्म

सम्झना श्रेष्ठ
तस्वितर – खडानन्द तिमल्सिना

गजल

गाउँ गाउँमा सहकारी, घर घरमा भकारी नभएसम्म ।
आर्थीक पहुँचमाअव छोरी बुहारी नभएसम्म ।।

जीवन सुखी, समृद्ध हुनै सक्दैन, बुझीराख्नुस्,
आजै देखीवचत गरी भवीष्यको तयारी नभएसम्म ।।

सानो हाटबजारको व्यवस्था मिलाइदेउ न सरकार,
मेरो पनि गाउँ मा एउटा सहकारी नभएसम्म ।।

सहकारी सहकार्यको अर्काे नामहुनै सक्दैन जवसम्म,
यहाँ को मालिक को कामदार बराबरी नभएसम्म ।।

लगानी गर्छु, ऋण दियोस् केही थान प्वाल टाल्नुछ,
आफैँले फलाएको तरकारीको म आफैँ व्यापारी नभएसम्म ।।

कतीको प्राण बचाउनुछ, जीवन सहुलीयत मै चलाउनुछ,
सहकारी दिनदुखीको सुख दुख बिसाउने चौतारी नभएसम्म ।।

(सम्झना विट्स एफ.एम. सिन्धुलीका समाचार वाचक हुनुहुन्छ )

(सिन्धु साकोस सिन्धुली द्धारा आयोजित राष्ट्रिय सहकारीमा आधारीत गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल गजल ।)

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार