सिन्धुलीमा कक्षा १२ का विद्यार्थीलाई प्रवेश पत्रको आधारमा कोरोना खोप

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : सिन्धुलीमा भोलि (शुक्रबार) कक्षा १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको एस्‍ट्राजेनेका खोपको पहिलो मात्रा लगाउन पाउने भएका छन् ।

जिल्ला खोप समन्वय तथा अनुगमन समिति सिन्धुलीको मिति २०७४।०५।०९ मा बसेको बैठकले गरेको निर्णय अनुसार १८ वर्ष पुगेका कक्षा १२ का विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा जनस्वास्थ्यको मापदण्ड अपनाई खोप केन्द्र कायम गरी मिति २०७४।०५।११ गते कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाउन आवश्यक व्यवस्था मिलाउनहुन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

साथै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएका सबै नागरिकहरुलाई खोप कार्डको आधारमा एस्‍ट्राजेनेका खोप लगाउने व्यवस्था मिलाउनहुन समेत अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्: