सिन्धुलीमा विद्यालयहरुले भौतिक उपस्थितीमा कक्षाहरु संचालन गर्न पाउने

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : सिन्धुली जिल्लामा विद्यालयहरुले भौतिक उपस्थितीमा नै कक्षाहरु संचालन गर्न पाउने भएका छन् ।

आज बसेको डिसिसिएमसिको बैठक र जिल्ला सुरक्षा समितिको निर्णयानुसार विद्यालयहरुले कक्षा ८ देखि माथिका कक्षाहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सम्बन्धीत कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी भौतिक उपस्थितिमा कक्षा संचालन गर्न पाउने भएको हो ।

स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ बमोजिम Soft Lock Down को अवस्थामा देखिएको हुँदा सो अनुसार कक्षा ८ देखि माथिका कक्षाहरु भौतिक उपस्थितिमा संचालन गर्न स्थानीय तहको सिफारिसमा डिसिसिएमसि ले स्वीकृत दिन सक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

यस्तै जिल्लामा जारी निषेधाज्ञालाई निरन्तरता दिदै मिति २०७८/०५/१० गते राती १२:०० बजे देखि २०७८/०५/१७ गते राती १२:०० बजे सम्म निषेधाज्ञा थप गरिएको छ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार थपिएको निषेधाज्ञामा व्यापार व्यवसायहरु स्वास्थ मापदण्ड अपनाइ बिहान ६ बजे देखी बेलुका ८ बजे सम्म संचालन गर्न पाइनेछ ।

निषेधाज्ञाको अविधिभर जिमखाना, ट्युसन सेन्टर र हाटबजार लगायतका सेवाहरु भने बन्द हुनेछ ।

प्रतिकृया दिनुहोस्: