लामो दुरीको सवारीसाधन सञ्चालन गर्न दिने निर्णय

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ।

शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न अनुरोध गरेको हो।

गृह मन्त्रालयले यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो।

‘परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ,’ प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा भनिएको छ।

यात्रु गर्नेहरूलाई टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्: