उपत्यकाको निषेधाज्ञा १० दिन थप गर्ने निर्णय

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो । निषेधाज्ञाका प्रावधानमा भने कुनै परिवर्तन नगरिएको समेत उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

प्रतिकृया दिनुहोस्: