विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो ।

नवनियुक्त घिसिङले आजै पदवहाली गर्नुहुने बताइएको छ ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए।

प्रतिकृया दिनुहोस्: