जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन आग्रह

संयोजन संबाददाता
प्रकाशित मिति :
जिल्ला प्रशासन कार्यालय, काठमाडौं

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा लगायतका पर्वहरु भीडभाड नहुने गरी सांकेतिक रुपमा मनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक रुपले मनाउन आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस्: