तीन दिनसम्म भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भारी वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।

प्राधिकरणले बिहीबार प्रेस नोट जारी गरी आज (बिहीबार) देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले अबको ३ दिन भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्: