काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियो

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाण्डाै : काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।

बुधबार बसेको उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।

यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदैछ ।

यसअघि पहिलो पटक भदौ ३ गते र दोस्रो पटक भदौ १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

प्रतिकृया दिनुहोस्: