तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्यो

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : सरकारले तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ। खेतीयोग्य जग्गामा कित्ताकाट गर्न सकिने निर्णय सरकारले गरेको हो।

खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न प्रतिबन्ध लगाइएका निर्णयहरुलाई बदर गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत लक्षमण बहादुर कठायतले जानकारी दिए। 

गत बिहीबारको मन्त्रिपरिषद बैठकले यसअघिका सबै निर्णयहरु बदर गर्दै खेतीयोग्य जग्गामा कित्ताकाटको स्वीकृति दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका कार्यालयलाई कित्ताकाट खुला भएको जानकारी दिएको हो।

प्रतिकृया दिनुहोस्: