असोज १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन हुने, भाडा ५० प्रतिशत बढी

संयोजन संबाददाता

काठमाडौं : सरकारले असोज १ गतेबाट लामो दुरीमा सवारीसाधन सञ्चालन गर्न सकिने निर्णय गरेको छ । सरकारका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

लामो दुरीमा सवारी साधन सञ्चालन हुँदा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् । सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइनेछ ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार