आन्तरिक हवाई उडान, हाेटल तथा रेस्टुरेन्ट पनि असाेज १ देखि नै खुल्ने

संयोजन संबाददाता

काठमाडौं : सरकारले अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ ।

जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्न पाइनेछ । एकातिरको पंक्तिको सिटमा एकजना मात्रै, मास्क र भाइजर अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार