प्रकाशित मिति :

सरकारविरुद्ध प्रदर्शन, प्रदर्शनकारी माथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

संयोजन संबाददाता

काठमाडौं: सरकारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको हो ।

११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारी माथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।

प्रतिकृया दिनुहोस्: