Paradise Web Nepal

जुन १५ देखि चार्टर विमानबाट उद्धार उडान सुरु हुने

संयोजन संबाददाता

काठमाडौँ: सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न ६७ वटा चार्टर उडानलाइ अनुमति दिएको छ ।

चार्टर उडानको लागि नेपाल वायुसेवा निगमले २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीले २४ वटा उडानको अनुमति पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यि एयरलाइन्सले जुन १५ देखि उद्दारको लागि उडान सुरु गर्नेछन । सरकारबाट चार्टर उडान अनुमति पाएका एयरलाइन्सहरुले जुन १५ देखि जुन २५ सम्म करिब १२ हजार नेपालीलाई स्वदेश ल्याउनेछन ।

विदेशबाट नेपाल फर्किने नेपालीले पीसीआर वा आरडीटी रिपोर्ट नेगेटिभको प्रमाण पत्र पेश गर्नुपर्ने छ । चार्टर उडानमा कतिपय श्रम मुलुकमा रहेका नेपालीलाई त्यहाँको सरकार तथा कम्पनीले आफ्नो खर्चमा पठाउँदैछन् भने अधिकाशंले टिकट खर्च आफै बेहोर्नुपर्ने छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार