प्रकाशित मिति :

भारतबाट आउनेले अनिवार्य १० दिन क्‍वारेन्टाइन बस्‍नुपर्ने

संयोजन संबाददाता

काठमाडौं : हवाई मार्ग हुँदै छिमेकी राष्ट्र भारतबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार क्वारेन्टाइनका लागि ८ वटा होटलको नाम सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सीधै होटेलको क्वारेन्टाइनमा लगिने छ। ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।

यी होटलले ग्राहकबाट भ्याट र सेवा शुल्कसहित प्रतिदिन तीन हजार रुपैयाँका दरले शुल्क लिन पाउनेछन् । विमानस्थल आउजाउको लागि यातायात सुविधा र खाना तथा बस्नको प्रबन्ध हुनेछ । 

प्रतिकृया दिनुहोस्: