प्रकाशित मिति :

गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

संयोजन संबाददाता

काठमाडौं : बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँकाे  काठमाडौंकाे सुन्धारामा रहेकाे न्युराे अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसाे निधन भएकाे हाे ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् ।

प्रतिकृया दिनुहोस्: