बागमती प्रदेशमा मन्त्रिमण्डल बिस्तार, सिन्धुलीका कटुवाल स्वास्थ्यमन्त्रीमा नियुक्त

संयोजन संबाददाता
प्रकाशित मिति :

सिन्धुली : सिन्धुलीबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य प्रदिप कटुवाल बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

नवनियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानून मन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकास मन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्य मन्त्रीमा प्रदीप कटुवाल नियुक्त हुनुभएको छ । 

यस्तै नवनियुक्त राज्यमन्त्रीहरुमा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनाली नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिकृया दिनुहोस्: