Paradise Web Nepal

कक्षा १२ को परीक्षालाई राष्ट्रिय बनाऊँ : गगन थापा

संयोजन संबाददाता

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले एइइको परीक्षा नहुने निर्णय सही भएको बताउँदै एसइई नै खारेज गर्न माग गरेका छन्। उनले आफ्नो ट्वीटरमा लेख्दै कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्। 

‘यस वर्ष एसइई परीक्षा नहुने, सही निर्णय। कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं,’ उनले लेखेका छन, ‘अब बाट एसइई कानुनी रूपमा नै खारेज गरौं।’  थापाले कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिन पनि सुझाब दिएका छन्। 

‘कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं,’ उनले लेखेका छन्, ‘शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।’  

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहीबार