प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीसरह सुविधा

संयोजन संबाददाता

काठमाडौं : सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार