प्रकाशित मिति :

राष्ट्रपतिले जारी गरिन् सातवटा अध्यादेश

संयोजन संबाददाता

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी छन्। हालै बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपतिले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, औषधि (तेस्रो संशोधन), संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी-कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरेकी हुन्।

पुन:स्थापित प्रतिनिधिसभाको बैठकले पारित गर्न नसकेका विधेयक सरकारले अध्यादेशमार्फत जारी गरेको हो। सभामुख अग्नि प्रसाद सापकोटाले सरकारले सदनमा ल्याएका विधेयकअघि बढाउन नसकेको आरोप लागेको थियो। सभामुखले अघि बढाउन चासो नदिएपछि सरकारले अध्यादेशमार्फत विधेयक जारी गरेको हो।

प्रतिकृया दिनुहोस्: