राष्ट्रिय फुटबल टोलीका सबै खेलाडी बन्द प्रशिक्षणमा

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले मे २९ मा हुने इराकविरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कपको छनोटका लागि बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडीले ट्रेनिङ सुरु गरेका छन् ।

नेपालले इरानसँग मे २९ तारिखमा मैत्रीपूर्ण खेल खेल्दै छ।

त्यसपछि नेपालले विश्वकप छनोट अन्तर्गत जुन ३ तारिखमा चाइनिज ताइपेई, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने छ।

बन्द प्रशक्षणका लागि बोलाइएका खेलाडीहरु:

गोलकिपर : किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, कमल थापा सुमन अर्याल अमित तामाङ

मिडफिल्डर : मनिष डाँगी, एरिक विष्ट, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, अन्जन विष्ट, सुमन लामा, पुजन उपरकोटी, आयुष घलान, नितिन थापा, सुरज ज्यू ठकुरी

फरवार्ड : दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ आशिष लामा

प्रतिकृया दिनुहोस्: