नेपालले आज इराकसँग मैत्रीपूर्ण खेल खेल्दै

संयोजन संबाददाता
प्रकाशित मिति :

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टोलीले आज, (शनिवार) इराकसगं मैत्रीपूर्ण खेल खेल्दै छ।

इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरियतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले सार्वजनिक गरेको वरियतामा इराक ६८ औं स्थानमा रहेको छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस पटक टोलीमा अप्रत्याशित परिवर्तनहरु गरेका छन्। अधिकतम खेलाडीहरु युवा वर्गका रहेको नेपाली टोलीबाट यस पटक एट्याकिङ फुटबलको अपेक्षा गर्न सकिने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्: