Paradise Web Nepal

रियल म्याड्रिड बन्यो स्पेनिस ला लिगा च्याम्पियन

एजेन्सी

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको च्याम्पियन बनेको छ ।

बिहीवार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल एक खेल अगावै लिग च्याम्पियन भएको हो । यो जितसहित रियल लिगको सर्वाधिक ३४ औँ पटक उपाधि जित्ने क्लब बनेको छ। 

अल्फ्रेडो डि स्टेफानो मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जिमाले नै २ गोल गरे। पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा मार्फत् टोलीका लागि दोस्रो गोल गरे। खेलको ८३ औं मिनेटमा भिल्लारियलका इबोर्राले शान्त्वना गोल फर्काए। 

जितसँगै रियलले ३७ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई सात अंकले पछि पार्दै लिग च्याम्पियन बन्यो । समान खेल खेलेको बार्सिलोनाको ७९ अंक छ । भिलारियल ५७ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार