फिफा वरियतामा नेपालको स्थान यथावत

काठमाडौं : अन्तर्राष्ट्रिय फुटबलको नयाँ वरीयतामा नेपाल यथास्थानमै कायम रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक सय ७१ औँ स्थानमै यथावत् रहेको छ ।
एक महिनायता कुनै पनि प्रतियोगिता नखेलेको कारण नेपालको वरीयता तलमाथि भएको छैन । दक्षिण एसियालीमा नेपालभन्दा माथि भारत एक सय ४ औँ स्थानमा र माल्दिभ्स एक सय ५५ औँ स्थानमा छ ।
नेपालभन्दा तल रहेका बङ्गलादेश एक सय ८६, भुटान एक सय ८९, पाकिस्तान दुई सय र श्रीलङ्का दुई सय ६ औँ स्थानमा छन् ।
विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ग्ल्याण्ड र पाँचौँ स्थानमा पोर्चुगल रहेका छन् ।
यी हुन् विश्व वरियतामा शीर्ष १५ देश :
बेल्जियम, फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, पोर्चुगल, स्पेन, अर्जेन्टिना, उरुग्वे, मेक्सिको, इटाली, क्रोयसिया, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, कोलम्बिया।