Paradise Web Nepal

वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

संयोजन संबाददाता

काठमाडौं : नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) संघको आज बसेको बैठकले जनवरी २०२१ बाट लागु हुने गरी वाटमोरलाई नेपाली टिमको प्रशिक्षक नियुक्त गरेको हो।

क्यानका अनुसार उनले आगामी १ जनवरीबाट नेपाली क्रिकेट टिम सम्हाल्नेछन्। वाटमोर अस्ट्रेलियाका अनुभवी क्रिकेट तथा सफल प्रशिक्षक पनि हुन्।

क्यानले वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनक बहादुर मल्ललाई महाप्रवन्धक, रमेश कुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ।

प्रकाशित मिति: २ पुष २०७७, बिहीबार